भारतीय टेनिस स्टार सानिया मिर्जाले सोशल मीडियामा एउटा भावनात्मक पोस्ट गरी खेलबाट सन्न्यासको घोषणा गरिन्। उनले यसअघि डब्ल्यूटीए १००० दुबई टेनिस च्याम्पियनशीप खेलेर करियरमा विराम लगाउने घोषणा गरेकी थिइन् तर अहिले उनले फसेला बद्लिएकी छन्। सानियाले अब १६ जनवरीदेखि शुरु हुने सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन खेलेर सन्न्यास लिनेछिन्। अष्ट्रेलियन ओपनमा सानियाले कजाकिस्तानकी एना डेनिलिनासँग जोड़ी बनाएर महिला युगल स्पर्धामा हिस्सा लिने छिन्। सानियाले एकलमा कुनै ग्राण्ड स्ल्याम जित्न नसके पनि युगलमा ६ वटा ग्राण्ड स्ल्याम खिताब जितिन्। उनले महिला युगलमा विम्बल्डन (२०१५), यूएस ओपन (२०१५) र अष्ट्रेलियन ओपन (२०१६)-को खिताब जितिन्। यसरी नै मिश्रित युगलमा अष्ट्रेलियन ओपन (२००९), फ्रेञ्च ओपन (२०१२) र यूएस ओपन (२०१४)-को खिताब जितिन्। सानियाले आफ्नो अन्तिम ग्राण्ड स्ल्याम खिताब २०१६-मा जितेकी थिइन्। सानिया एटीपी ऱ्याङकिंगमा करियरको सर्वश्रेष्ठ २७औं स्थानसम्म पुगेकी थिइन्।









