रिषिहाटमा नक्आउट फूटबल टुर्नामेण्टः रंगीत एसोसिएशन विजयी

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा रंगीत एसोसिएशनले आफ्न म्याच जित्यो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा रंगीत एसोसिएशनले युनाइटेड रंगबुल फूटबल क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट शुभम खवास, उज्वल राई र राज राईले दर्ता गरे। यसरी नै युनाइटेड रंगबुल एफसी-बाट नेत्र बराईली र सिद्धान्त राईले गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement