फूलहाम विरुद्ध चेल्सीको निराशाजनक हार

ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा चेल्सीको निराशाजनक प्रदर्शनको क्रम जारी रह्यो। बिहीवार राति खेलिएको म्याचमा चेल्सीलाई फूलहामले २-१-ले पराजित गऱ्यो। म्याचको ५८औं मिनटमा जोआओ फेलिक्सले रातो कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने चेल्सीले फूलहामको होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेले पनि म्याच बचाउन सकेन। फूलहामबाट विलिएनले २५औं अनि कार्लोस विनिसियसले ७३औं मिनटमा गोल गरे। यसरी नै चेल्सीबाट कालीडो कोलीबेलीले ४७औं मिनटमा गोल गरे। यस रोमाञ्चक जीतपछि चेल्सी १९ वटा म्याचमा ३१ पोइण्टको साथ प्रीमियर लीग टेबलको छैटौं स्थानमा पुग्यो। यसरी नै दशौं स्थानमा रहने चेल्सीसँग अहिले १८ वटा म्याचमा केवल २५ पोइण्ट रहेको छ। प्रीमियर लीगको जारी सीजनमा यो चेल्सीको सातौं हार हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement