आगामी अप्रेल महिनादेखि सिक्किम मिस लिम्बू प्रतियोगिता शुरू हुने

गान्तोक: आगामी अप्रेल महिनादेखि सिक्किम मिस लिम्बू प्रतियोगिताको दोस्रो एपिसोड शुरू हुने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम मिस लिम्बू संस्थाकी सीइओ विनिता लिम्बूले उक्त जानकारी गराएकी हुन्। उनले बताए अनुसार दिसम्बर महिनादेखि यस प्रतियोगिताको निम्ति अनलाईन पञ्जीकरण शुरू भएको छ भने सो प्रतियोगिताको लागि केवल ४० जनालाई लिइने भएको छ। यसको अडिसन अप्रेल महिनामा चार दिन गान्तोकमा नै गरिने पनि उनले जानकारी गराइन्। यस वर्ष सिक्किम भित्रका मात्र नभएर दार्जीलिङ, कालेबुङ लगायत अन्य क्षेत्रबाट पनि सहभागी बन्न सक्ने अवगत गराइन्। यस प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य लिम्बू समुदायको आफ्नो परम्परा, संस्कृतिको संरक्षण गर्नु रहेको बताइन्। भावी पीढिलाई लिम्बू समूदायको संस्कृति , परम्पराबारे पनि यस प्रतियोगिताले जानकारी गराउन सक्ने उनले जानकारी गराएकी छन्। उल्लेखनीय छ,यस भन्दा अघि आयोजना गरिएको पहिलो एपिसोडमा केवल सिक्किमभित्रका लिम्बू समुदायलाई मात्र लिएको थियो, तर यस वर्ष भने राज्य बाहिरका लिम्बू समूदायले पनि सहभागी बन्न सक्ने प्रावधान रहेको छ। यस प्रतियोगितमा सहभागी बन्न चाहने इच्छु प्रतियोगीहरले ३० प्रतिशत लिम्बू भाषा सिकेको हुनुपर्ने बताइन्। उनको भनाइ अनुसार यस प्रतियोगितमा विजयी हुनेलाई लिम्बू भाषाको अल्बम साथै चलचित्रमा अवसर दिइने घोषणा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement