दस दिवसीय बक्सिङ प्रशिक्षण शिविरको समापन

गान्तोक: सोरेङ – गेजिङ जिल्ला बक्सिङ एसोसिएशन र ग्राम सुधार संघ टिम्बुरबुङको संयुक्त तत्वावधानमा आयोजना गरिएको दस दिनव्यापी बक्सिङ कोचिङ क्याम्पको आज समापन भएको छ। समापना दिनको कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अतिरिक्त कार्यक्रममा खेलकूद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
उल्लेख्य, सोरेङ-च्याखुङ समष्टि अन्तर्गत लोवर टिम्बुरबुङ स्कुलको खेलमैदानमा ४ फरवरीदेखि शीतकालीन बक्सिङ प्रशिक्षण शिविर आयोजना गरिएको थियो। यस बक्सिङ शिविरमा ११ वटा स्कूलका ५३ जना बक्सर खेलाडीहरुले सफलतापूर्वक प्रशिक्षण लिने अवसर पाएका थिए। खेलाडीहरुलाई प्रशिक्षण ललिता गुरुङ, हाङसु सुब्बा र सुमन लेप्चाले दिएका थिए।

मुख्य अतिथिको रूपमा उपस्थित विधायक आदित्य गोलेले आगामी वर्ष २०२४ मा यस्तो बक्सिङ प्रशिक्षण शिविर सोरेङ जिल्लालाई केन्द्र गर्दै बक्सिङ शिविर आयोजना गर्न राज्य सरकार साथै आफू विधायकको नातामा पूर्ण सहयोग गर्ने पश्चिम सिक्किम बक्सिङ एसोसिएशनलाई आश्वासन दिए। सोरेङ जिल्लामा चाडै स्पोर्ट्स एसोसिएशन गठन गरिने पनि उनले घोषणा गरे। विधायक गोलेले स्पोर्ट्समा रुचि राख्ने जतिपनि खेलाडीहरुलाई मञ्च दिनुपर्ने कर्तव्य सरकारको रहेको अनि खेल र खेलाडीहरुलाई प्राथमिकता दिएर सरकारले काम गरिरहेको पनि बताए। लोवर टिम्बुरबुङ स्कूलको खेलमैदान निर्माण गर्न सरकार तयार रहेको अभिव्यक्ति प्रकट गर्दै नयाँ खेलमैदान निर्माण गर्न स्थानीय नागरिकले जमीन उपलब्ध गराउनु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement