कालचिनीः वाइल्डलाइफ प्रोटेक्सन एक्ट १९७२ अन्तर्गत १ नम्बर अनुसूचीमा पर्ने सालक अर्थात प्याङ्गोलिनसितै शुक्रबार बन विभागले एकजना खोवारडांगा ग्राम पञ्चायत क्षेत्रको उत्तर नारथली निवासी जेम्स बोरोगावलाई ३१सी राष्ट्रिय राजमार्गबाट पूर्व राजाभातखावा र निमती रेञ्जका बनकर्मीहरूले पक्राउ गरेको छ।

उक्त एउटा जिउँदो प्याङ्गोलिनलाई तस्करी गरेर कतै बेच्न लैजान तरखरमा अभियुक्त जेम्स बोरोगावलाई बनकर्मीहरूले सुँईको पाएर पक्राउ गर्न सफल भएको बताईएको छ। बक्सा ब्याघ्र प्रकल्पका डीएफडी प्रवीण कासवानले प्याङ्गोलिन तस्करी सम्बन्धमा जाँच शुरु भएको र अभियुक्तलाई सोधखोज चलिरहेको जनाएका छन्। अभियुक्तलाई शनिबार अदालतमा पठाईने बन विभागले जनाएका छन्।