शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः कञ्चनजंघा एफसी सेमिफाइनलमा

युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा कञ्चनजंघा एफसी-ले सेमिफाइनलमा स्थान बनायो। डीपी साइड मैदानमा आज भएको म्याचमा कञ्चनजंघा एफसी-ले कालेबुङको युनाइटेड ब्रदर्सलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निवांग तामाङले २ गोल गरे। यसबाहेक अरुण तामाङ र वासिस थापाले १-१ गोल गरे। यसरी नै युनाइटेड ब्रदर्सबाट पाल्जोर भूटिया र देवाशिष राईले १-१ गोल गरे। निवांग तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ।

यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement