लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा कञ्चनजंघा एफसी-ले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा एफसी-ले मानेभञ्ज्यांग एफसी-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। शनिवार खेलिने दोस्रो क्वार्टर फाइनलमा तीनधारेको चाँद एफसी र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।