अमर लामाप्रति रितेस पोर्तेलद्वारा गरिएको टिप्पणीको भागोप्रमो खरसाङ महकुमा समितिद्वारा खण्डन

खरसाङ: दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेस पोर्तेलद्वारा भागोप्रमो केन्द्रीय महासचिव अमर लामाप्रति गरेको टिप्पणीको भागोप्रमो खरसाङ महकुमा समितिद्वारा खण्डन गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले खरसाङस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन बोलाएर सामाजिक सञ्जालमा दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेस पोर्तेलद्वारा भागोप्रमो केन्द्रीय महासचिव अमर लामामाथि गरेको टिप्पणीको घोर विरोध जनाउँदै उक्त टिप्पणीको खण्डन गरेका छन्। खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय महासचिव अमर लामाको व्यक्तित्व, उमेरलाई हेरेर रितेस पोर्तेलले तेस्तो बोल्नु नहुने बताउँदै रितेस पोर्तेल दार्जिलिङ नगरपालिकाको चेयरम्यान जस्तो गरिमामय पदमा पुगेका व्यक्तिले तेस्तो प्रकारको टिप्पणी गर्नु नसुहाएको बताएका छन्। रसाईलीले राजनीति हो जे पनि हुन्छ तर यसरी व्यक्तिगत रूपमा यस्तो भन्नु नहुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement