५ सूत्री मागलाई लिएर भाजपाले प्रधानलाई सुम्पियो ज्ञापन

राजगञ्ज: ५ सूत्री माग प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचारको विरोध लगायतलाई लिएर भाजपाले बिन्नागढी ग्राम पञ्चायतमा आज एउटा ज्ञापन सुम्पियो। यसभन्दा अघि राजगञ्जको आमबाड़ी तारघेरा मैदानबाट भाजपा समर्थकहरूले एउटा रेली पनि निकाल्यो। यस रेलीलाई लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। पुलिसले रेलीलाई ग्राम पञ्चायत कार्यालय अघि रोकी दिएका थिए।यसपछि भाजपाका केही कार्यकर्ताहरू त्यहाँबाट गएर प्रधानलाई ज्ञापन सुम्पियो। यसबारे भाजपा राजगञ्ज खण्ड अध्यक्ष निताई मण्डलले भने, प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार, पेयजल समस्या, खराब सड़क तथा स्ट्रीट लाइटको समस्या लगायत पाँच सूत्री मागलाई लिएर आज बिन्नागढीको प्रधानलाई एउटा ज्ञापन सुम्पिएको छौं। अर्कोतिर, बिन्नागढी अञ्चल प्रधान शशीचन्द्र बर्मनले प्रधानमन्त्री आवास योजनामा नियमानुसार कार्य गरिएको बताएका छन्। पञ्चायतले दिएको नामहरूको सूची अनुसार नै घरहरू दिएको तिनले दावी गरेका छन्। पिउने पानी अनि स्ट्रीट लाइटको काम चलिरहेको अनि अब केही महिनामा नै उक्त कार्य पूरा हुने तिनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement