जिल्ला लोक संस्कृति तथा जनजाति संस्कृति तथा यात्रा महोत्सव

अलिपुरद्वार: जिल्ला सूचना तथा संस्कृति विभागको पहलमा शुक्रबारदेखि कालचिनी ब्लकको ह्यामिल्टनगञ्ज कालीबारी मैदानमा जिल्ला लोक संस्कृति तथा जनजाति संस्कृति तथा यात्रा महोत्सव सुरु भएको छ। यो कार्यक्रम आगामी तीन दिनसम्म चल्ने प्रशासनले जनाएको छ। कार्यक्रमको पहिलो दिन विभिन्न क्षेत्रका लोक कलाकारहरूले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायत प्रशासनिक पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement