कुचबिहारमा आगामी पञ्चायत चुनावमा बीजेपीको जित निश्चित छ: सुकान्त मजुमदार

कुचबिहार: प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदार एक दिने भ्रमणमा कुचबिहार पुगेका छन्। शुक्रबार कुचबिहारमा आयोजित ओबीसी मोर्चाको कार्यक्रममा बोल्दै तिनले उत्तर बंगालका विकासमन्त्री उदयन गुहालाई नाम नलिई वानर गुहा भनेका थिए। उनले भने कि जब बीएसएफले कुचबिहारको सीमामा गाईवस्तु तस्करहरूमाथि गोली चलाएको थियो, धेरैजना दौडिए। तीमध्ये एकजना वानर गुहा पनि छन् जो लुंगीमा मात्रै र्‍यालीमा सामेल हुन्छन्। साथै उनले कुचबिहारमा आगामी पञ्चायत चुनावमा भाजपाको जित निश्चित रहेको बताए।

उनले प्रहरीलाई रेफ्री र लाइनम्यानजस्तै छेउमा उभिन चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement