सिलगढी: हिजो राति माटिगाराबाट भीषण आगलागी भएको खबर आएको छ। राति २ देखि ३ बजेको समयमा माटिगरा राष्ट्रिय राजमार्ग नजिकै आगलागी हुँदा ५ पसल एकैपटक जलेर खरानी भएको बताइएको छ। आगो लाग्ने बित्तिकै यो जानकारी दमकल विभागलाई दिइएको थियो। घटनाको जानकारी पाएलगत्तै दुई दमकल घटनास्थल पुगेका थिए। तर, आगलागी यति भीषण थियो कि दमकल घटनास्थलमा पुग्नुअघि नै पसल जलेर नष्ट भएको थियो। त्यसपछि शुक्रबार बिहान पसलका सञ्चालकले उक्त क्षेत्रमा गएर आफ्नो पसलको विवरण लिएर दुर्घटनामा निकै क्षति पुगेको देखे।