मुम्बई: अब मुम्बई ट्रान्स-हार्बर लिङ्क ब्रिज खुल्दा मुम्बईदेखि नवी मुम्बईको दूरी केही मिनेटमै पुरा हुनेछ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले यस वर्षको अन्त्यमा देशको सबैभन्दा लामो समुद्री पुल खुल्दा भारतको आर्थिक राजधानी मुम्बईदेखि नवी मुम्बईसम्मको यात्रा समय तीन घण्टाबाट १५ मिनटमा पुरा हुने बताए। मुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘मुम्बई ट्रान्स-हार्बर लिङ्क (एमटीएचएल) को ९० प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ र पुल यस वर्ष नोभेम्बरमा यातायातका लागि खुला गरिनेछ।
आधिकारिक विज्ञप्तिमा मुख्यमन्त्रीलाई उद्धृत गर्दै भनिएको छ , ‘यो देशको सबैभन्दा लामो समुद्री पुल हुनेछ र ओपन रोड टोलिङ (ओआरटी) प्रणालीको सुविधा भएको पहिलो पुल हुनेछ। २२ किलोमिटर लामो यो पुलको १६.५ किलोमिटर भाग समुद्रमा बनाइनेछ। मुख्यमन्त्री शिन्देले भने, ‘एक पटक पुल यातायातका लागि खुला भएपछि, मध्य मुम्बईको सेवरीबाट नवी मुम्बईको चिर्लेसम्म १५ देखि २० मिनेटमा यात्रा गर्न सम्भव हुनेछl’ ओपन टोलिङ सिस्टमका कारण सवारीसाधनले पुलमा टोल तिर्न नपर्ने उनले बताए। मुम्बई मेट्रोपोलिटन रिजन डेभलपमेन्ट अथोरिटी (एमएमआरडीए) का अधिकारीहरूले यो प्रणाली हाल सिंगापुरमा प्रयोग भइरहेको बताए। एमएमआरडीए, महाराष्ट्र सरकारको एजेन्सी, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीद्वारा वित्त पोषित एमटीएचएल परियोजना ह्यान्डल गर्दैछ।