पाँचवटा गाई भारत-नेपाल सीमाबाट उद्धार

नक्सलबारी: पाँचवटा गाई नक्सलबारीको झापुजोत भारत-नेपाल सिमानामा तस्करी गर्न अगावै उद्धार गरिएको छ। तस्करहरू घटनास्थलबाट एसएसबीका जवानहरू देखेर चम्पट कसे। जानकारीअनुसार आज बिहान तस्कर नेपालबाट गाईहरू तस्करी गर्ने उद्देश्यले भारत आइरहेका थिए तर एसएसबीका जवानहरू देखेर भागे। यसपछि उद्धार गरेको पाँचवटा गाई नक्सलबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement