गजलडोबामा घुम्न आउनेहरूले अब कश्मीरको शिकारा राइड झैं आनन्द उठाउन सक्ने

सिलगढी: शिकारा राइड केही दिनभित्रमा नै गजलडोबामा शुरू हुने भएको छ। चाँडै मानिसहरूले गजलडोबामा शिकारा राइडको आनन्द उठाउन सक्नेछन्। भोरेर आलो नजिक टिस्टा नदीमा अन्य नौकाहरू सहित राजगञ्ज पञ्चायत समितिले शिकारा पनि अब चलाउने भएको छ। यसको सम्पूर्ण तयारी भइसकेको छ। प्राप्त जानकारी अनुसार, सर्वप्रथम दुई वटा शिका शुरू गर्ने योजना रहेको छ। यसको साथै शिकारामा आरामदायक कुर्सीहरूको पनि व्यवस्था गरिएको छ। एउटा शिकारामा ६ जना पर्यटक बस्न सक्नेछन्। यस शिकारा राइड गर्नका लागि मानिसहरूले किलोमीटर अनुसार १००, २०० ₹ ३०० रूपियाँ खर्च गर्न पर्नेछ। शिकारा राइड शुरू भएपछि गजलडोबामा घुम्न आउने पर्यटकहरूको संख्या अझ अधिक बढ्ने सम्भावना अधिक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement