प्रतिबन्धित कफ सिरप अनि ट्याबलेट सहित पक्राउ

सिलगढी: रोशन बर्मन नाम गरेको एक व्यक्तिलाई सिलगढीको भक्ति नगर थाना पुलिसले धेरै मात्रामा प्रतिबन्धित कफ सिरप अनि ट्याबलेट सहित पक्राउ गरेको छ। आरोपीकोबाट पुलिसले ४० बोतल प्रतिबन्धित कफ सिरप अनि ट्याबलेट तिनको स्कुटीबाट उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति भक्ति नगर थाना अन्तर्गत डन बस्को मोड़ संलग्न इलाकामा रोशन बर्मन एउटा स्कुटीको डिक्कीमा प्रतिबन्धित कफ सिरप अनि ट्याबलेट लिएर बिक्री गर्ने उद्देश्यले आएका थिए। यसबारे खबर पाउन साथ पुलिसले अभियान चलाएर रोशन बर्मनलाई पक्राउ गरेको छ। यसपछि पुलिसले तिनलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरियो।

About Author

Advertisement