सिलगढीः दार्जिलिङ जिल्ला आईएऩटीटीयूसी अन्तर्गत सिलगढी २ ब्लकको तर्फबाट स्थानीय फुलेश्वरी मोड क्षेत्रमा तृणमूल कङ्ग्रेस निर्माण कार्यकर्ताहरूसँग बैठक आयोजना गरिएको थियो। बैठकमा निर्माण मजदुरका बिभिन्न मुद्दाहरू विशेष गरी असंगठित मजदुरहरूको सुरक्षाका विषयमा छलफल भएको थियो। बैठकमा संगठनका जिल्ला अध्यक्ष निर्याल दे, उपाध्यक्ष साधन राई, खण्ड २ का अध्यक्ष सुजित भौमिक लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।