प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करण २९ जनवरीदेखि शुरु हुनेछ। टुर्नामेण्टको आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनद्वारा शुक्रवार डाकिएको सभामा टुर्नामेण्ट आयोजनबारे आधिकारिक घोषणा गरियो। संस्थाका अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा भएको सभामा संस्थाका महासचिव सुरेन प्रधानले सबैलाई स्वागत जनाएर सुकना गोल्ड कपको सफल आयोजन गर्नमा जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन)-को साथमा सम्पूर्ण सुकनावासीबाट सहयोगको अपील गरे। सभामा दुर्गा शर्मा, सागर शर्मा, ध्रुव छेत्री, नितिन छेत्री र सनम छेत्रीले आफ्नो बहुमूल्य विचार व्यक्त गरे। व्यापक चर्चा परिचर्चापछि टुर्नामेण्टको आयोजन २९ जनवरीदेखि शुरु गर्ने फसेला भयो। टुर्नामेण्टको १६औं संस्करणमा स्थानीय मात्र नभएर बाहिरका केही नामी-दामी टीमहरूलाई आमन्त्रित गरिनेछ। अन्तमा संस्थाका अध्यक्ष अशोक प्रधानले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै टुर्नामेण्टको सफल आयोजनको निम्ति सबैसँग सहयोगको हात बढ़ाउने आह्वान गरे। टुर्नामेण्टको फिक्स्चर चाँड़ै जारी गरिनेछ।