विलिम्सन-साउदी बिना नै भारत यात्रामा आउने न्यूजील्याण्ड

पाकिस्तान विरुद्ध सीरीजको समाप्तिपछि न्यूजील्याण्डको टीम भारत आउनेछ। भारत र न्यूजील्याण्डबीच वनडे र टी२० सीरीज खेलिनेछ। दुवै सीरीजमा ३-३ वटा म्याच रहनेछ। यात्राको शुरुवात १८ जनवरीमा वनडे म्याचको साथ हुनेछ। त्यसपछि २७ जनवरीको दिन राँचीमा पहिलो टी२० अन्तर्राष्ट्रिय म्याच खेलिनेछ। टी२० सीरीजको निम्ति न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टीमको घोषणा गरेको छ। यस टीममा अनुभवी केन विलियम्सनलाई स्थान प्राप्त भएन। टी२० टीमको कप्तानी स्पिनर मिचेल सेण्टनरले गर्नेछन्। विलियम्सन र पेस बलर टिम साउदी पाकिस्तान यात्रापछि स्वदेश फर्किनेछन्। भारत विरुद्ध वनडे सीरीजमा पनि यी दुई खेलाड़ी कीवि टीमको हिस्सा हुनेछैनन्। वनडे टीमको कप्तानी टम लाथमले गर्नेछन्। टीममा ट्रेण्ट बोल्ट पनि छैनन्। भारत विरुद्ध सीरीजपछि न्यूजील्याण्डले आफ्नो घरमा ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीज खेल्नु पर्ने हुनाले यी सीनियर खेलाड़ीहरूलाई विश्राम दिइएको छ।
न्यूजील्याण्डको टी२० टीममा दुईजना अनक्याप्ड (अहिलेसम्म टी२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने) खेलाड़ीलाई स्थान दिइएको छ। यसमा बेन लिस्टर र हेनरी शिपलीको नाम सामेल छ। शिपलीले पाकिस्तान विरुद्ध वनडे सीरीजमा पदार्पण (डेब्यू) गरेका थिए। यसरी नै २७ वर्षीय पेस बलर लिस्टरको नाममा ३९ वटा टी२० म्याचमा ४० विकेट रहेको छ। उनले गत वर्ष न्यूजील्याण्ड ए टीमको निम्ति भारत यात्रामा डेब्यू गरेका थिए। टी२० सीरीजको पहिलो म्याच २७ जनवरीमा राँचीमा खेलिनेछ। त्यसपछि दोस्रो म्याच लखनऊ (२९ जनवरी) र तेस्रो म्याच अहमदाबाद (१ फरवरी)-मा खेलिनेछ।
न्यूजील्याण्डको टी२० टीमः मिचेल सेण्टनर (कप्तान), फिन एलन, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेन क्लीवर, डेवोन कनवे, जेबक डफी, लौकी फर्ग्यूसन, बेन लिस्टर, ड्यारल मिचल, ग्लेन फिलिप्स, माइकल रिपन, हेनरी शिपली, ईश सोढ़ी, ब्लेयर टिकनर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement