भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मिनरल स्प्रींग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा बिहीवार भएको म्याचमा मिनरल स्प्रींग एफसी-ले एलडीएफसी १८ गोलाई युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राहुल राईले दर्ता गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।