राजफाप्रीमा अण्डर-१७ र भेटरन्स वर्गमा फर्स्ट विण्टर कप फूटबल १५ जनवरीदेखि

राजफाप्री वरियर्स क्लबको तत्त्वावधानमा १५ जनवरीदेखि दुईवटा वर्ग (अण्डर-१७ अनि भेटरन्स)-मा फर्स्ट विण्टर कप नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सहायक फाउण्डेशनको साथ मिलेर आयोजन गरिने यी दुईवटा टुर्नामेण्टको आधिकारिक कार्यक्रम जारी गरिएको छ। सालुगढ़ा नजिक राजफाप्रीमा हुने अण्डर-१७ टुर्नामेण्टमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। यसरी नै भेटरन्स वर्गमा जम्मा १४ वटा टीमलाई प्रवेश दिइएको छ। पहिलो दिन (१५ जनवरी) अण्डर-१७ र भेटरन्स वर्ग मिलाएर जम्मा ४ वटा म्याच खेलिनेछ। दुवै वर्गको सेमिफाइनल म्याचहरू २१ जनवरीमा हुनेछ। यसरी नै फाइनल २३ जनवरीमा खेलिनेछ। भेटरन्स वर्गमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अण्डर-१७ वर्गमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २२ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement