कोविड़ भारत: कोरोनाक १७४ नयाँ मामिला, २ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १७४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८०,७५७ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२५ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २२४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४७,७७५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,२५७ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,९४,९६८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,२९,२७,७२४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४९,५७९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१६,२५,९६६ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement