भाजपा युवा मोर्चाद्वारा राष्ट्रीय युवा दिवसको दिन बिजनबारीमा म्याराथनको आयोजना

दार्जिलिङ: भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला समितिद्वारा स्वामी विवेकानन्दको जन्म जयन्ती एवं राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रास्ट्रव्यापी म्याराथन कार्यक्रम दार्जीलिङको बिजनबारीमा पनि सम्पन्न भएको छ। १०० भन्दा बढी प्रतियोगीहरुले भाग लिएको उक्त कार्यक्रममा क्रमैले प्रथम प्रवेश तामाङ,दोस्रो अजय गुरुङ अनि तेस्रो अनमोल शर्मा भएका थिए।प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई आयोजकको पक्षबाट उपस्थित भाजयुमो जिल्ला अध्यक्ष निरज राई, महासचिव विनय प्रसाद, सोसियल मिडिया प्रभारी चन्दन गुप्ताद्वारा पुरस्कार प्रदान गरियो।
उक्त कार्यकममा जिल्ला सदस्य रोशन गुरुङ, सन्जय गुप्त, बिजनबारी युमो अध्यक्ष धिरज राई, महासचिव रबीन लिम्बु तथा रेलिङ कैजले अनि चुङथुङ मारेबुङ प्रतिनिधि मण्डलका विभिन्न पदाधिकारि अनि कार्यकर्ताहरुको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement