म्याच र सीरीज दुवै जित्यो भारतले

भारतले कलकत्ताको ईडन गार्डन्समा खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा श्रीलंकालाई ४ विकेटले पराजित गऱ्यो। यसको साथै भारतले तीनवटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने श्रीलंका ३९.४ ओभरमा २१५ रन बनाएर अलआउट भयो। ओपनर नुवानिदु फर्नाण्डोले ५३ बलमा सर्वाधिक ५० रन (६ वटा चौका) बनाए। यसबाहेक कुसल मेण्डिसले ३४ र दुनिथ वेल्लालेगेले ३२ रन बनाए। भारतका बलरहरूमा प्लेयर अव् द म्याच रहने कुलदीप यादव र मोहम्मद सिराजले ३-३ विकेट लिए।

जवाफमा भारतले ४० बल बाँकी रहँदै ६ विकेट गुमाएर २१९ रन बटुलेर जीत हासिल गऱ्यो। विकेटकीपर केएल राहुलले १०३ बलमा सर्वाधिक अविजित ६४ रन बनाए। यसबाहेक हार्दिक पाण्ड्याले ३६, श्रेयस अय्यरले २८, अक्षर पटेलले २१ र शुभमन गिलले २१ रन बनाए। श्रीलंकाका बलरहरूमा लाहिरु कुमारा र चमिका करुणारत्नेले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement