पार्क सेभेन र मुनु सेभेन सेमिफाइनलमा

फास्ट फरवर्ड स्प्रेडिंग क्लब, टुंगको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा पार्क सेभेन र मुनु सेभेनले सेमिफाइनलमा स्थान बनायो। बिहीवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा पार्क सेभेनले मुण्डा एफसी-लाई १-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मुनु सेभेनले नादान परिन्देलाई टाईब्रेकरमा पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल २२ जनवरीमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement