गेजिङमा राष्ट्रिय युवा दिवसको अवसरमाम रक्तदान शिविर

गान्तोक: राष्ट्रिय युवा दिवसको अवसरमा आज पश्चिम सिक्किम गेजिङ स्थित आइटीआइ तालिम केन्द्रमा नेहरू युवा केन्द्र संगठन, ब्लड ब्यांक डोनेसन संगठन नाम्ची साथै आइटीआइ तालिम केन्द्रको संयुक्त आयोजनामा स्वामी विवेकानन्दको जन्म जयन्ती पालन गर्दै एक दिवसीय रक्त दान शिविर सम्पन्न भयो। यस कार्यक्रमका मुख्य अतिथि जन स्वास्थ्य तथा अभियान्तिकी विभागका अध्यक्ष हरिनारायण सुवेदी रहेका थिए भने साथमा जिल्ला पञ्चायत सदस्य सागर शर्मा पञ्चाय रिङजीङ नाम्गेल भोटिया नेहरू युवा केन्द्र गेजिङका जिल्ला समञ्वयक देव नेपाल आइटीआइका प्राचार्य लगायत अन्यको सहभागीता रहेको थियो। यस कार्यक्रमबारे जानकारी दिँदै नेहरू युवा केन्द्रका जिल्ला समञ्वयक देव नेपालले युवा तथा खेलकुद मन्त्रालय भारत सरकारको अधिनस्त रहेको नेहरू युवा केन्द्र संगठनले स्वामी विवेकानन्दको जन्म जयन्तीलाई राष्ट्रिय युवा सप्ताहकाे रूपमा जिल्ला विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गरिरहेको बताए। आजको कार्यक्रम संयुक्त पहलमा गरिएको जानकारी दिदै जन्म जयन्तीको पुनित अवसरमा रक्तदान गर्ने पाउनु अहोभाग्य हो भन्दै युवा समाज देशको विकासमा सधैं सकारात्मक भएर अग्रगामी हुनुपर्ने सुझाव राखे। संगठनले युवाहरूको नेतृत्व विकास सँगै खेलकुद लगायत अन्य क्षेत्रमा गाउँको गैरसरकारी संस्थाहरूसँग मिलेर काम गरिरहेको पनि उनले जानकारी दिए। ब्लड ब्यांकले यो सुनौलो अवसर प्रदान गरेकोमा धेरै धेरै धन्यवाद व्याक्त गर्दै आजको यस अवसरमा देशका प्रधान मन्त्री नरेन्द्र मोदीले देशका युवाहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसको निम्ति नेहरू युवा केन्द्रले पनि पूर्ण व्यावस्था गेजिङ आठ माइलमा मिलाएको थियो भने स्थानीय युवाहरूले पनि यसको लाभ लिएका थिए। युवाहरूलाई प्रेरित गर्दै जिल्ला पञ्चायत सदस्य सागर शर्मा ब्लड ब्यांकका समन्वयक किशोर छेत्रीले पनि सम्बोधन गरेका थिए। स्थानीय नागरिक लगायत आइटीआइका विधार्थीहरूले स्वइच्छा रक्तदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement