मिजोरममा जेत्सन डोना लामा सपोर्ट क्लब गठित

गान्तोक: सारेगामापा लिटल च्याम्पको शीर्ष आठमा पुगेकी सिक्किमकी छोरी जेत्सन डोना लामालाई प्रतियोगितामा अझ अघि पुऱ्याउन मिजोरममा जेत्सन डोना लामा सपोर्ट क्लब गठन गरिएको छ। मिजोरमको राजधानी ऐजोलको ऐजोल क्लबमा आयोजित कार्यक्रममाझ रोबिन जैशीलाई जेत्सन डोना सपोर्ट क्लब मिजोरमको समन्वयक नियुक्त गरिएको छ। नवगठित जेत्सन डोना लामा सपोर्ट क्लब, मिजोरमले सिक्किमकी छोरी जेत्सन डोना लामाको प्रस्तुतिबाट आफूहरू पनि प्रभावित बनेको उल्लेख गर्दै उनलाई प्रतियोगितामा थप अघि लैजान आफूहरू लागिपर्ने कटिबद्धता व्यक्त गरेका छन्। नवनियुक्त समन्वयक जैशीले मिजोरमका नेपालीभाषी गोर्खाहरू सबैलाई जेत्सन डोना लामालाई भोट गर्न अपील गर्ने वचन दिएका छन्। जानकारी गराइन्छ, जीटीभीको रियालिटी शो सारेगामा लिटल च्याम्पमा हाल जेत्सन डोना लामाले उत्कृष्ट प्रस्तुति दिँदै सबैको मन जित्न सफल भइसकेकी छन्। उनको प्रस्तुतिबाट जर्जसँगै त्यहाँ आउने प्रत्येक नै मन्त्रमुग्ध भइसकेका छन् भने डोनाको आवाजलाई बलिवूडका लोकप्रिय गायक, संगीतकार शंकर महादेवबर्मनले एण्ट्री गराउने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement