गेजिङ जिल्लाकी जिल्लापालले गरिन विभिन्न स्थानको भ्रमण

गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले योक्सम व्लकको निरीक्षण गरिन्। निरीक्षणको क्रममा जिल्ला अध्यक्ष डीएस लिम्बू, महकुमा अधिकारी टीटी भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा जिल्लापालले कोप्चामा सञ्चालित भेटनेरी डिस्पेन्सरी निरीक्षण गरिन्। जिल्लापले भेटनेरी डिस्पेनसरीका अधिकारीहरूसँग अन्तक्रिया गरिन् भने यस अवसरमा भेटनेरीका डा. निकित लेप्चाले उक्त विभागमा चाहिने आवश्यक पूर्वधार विकासबारे रिपोर्ट बुझाएकी छन्। सोही प्रकारले टोलीले विभिन्न क्षेत्रको निरीक्षण गर्दै त्यहाँको समस्याबारे जानकारी लिएको उल्लेख गरिएको छ। यस अवसरमा स्थानीयहरूद्वारा राखिएको मागबारे पनि जिल्ला अध्यक्षले जानकारी गराए। आफ्नो छोटो सम्बोधनमा जिल्लापाल योङदाले पञ्चायतले मात्र नभई हामी आफैले निर्माण गर्ने फोहोरको जिम्मेवारी सबैले लिनुपर्ने बताइन्। सबैभन्दा महत्त्वपूर्ण कुरा फोहोर मैला छुट्याउने र प्लास्टिकको न्यूनतम प्रयोग गरिनु पर्ने सुझाउ दिइन्।

About Author

Advertisement