गान्तोक: राङगाङ याङगाङ्ग निर्वाचन क्षेत्रमा आज सत्तारूढ सिक्किम मोर्चा पार्टीको झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ। पार्टीका युवा प्रकोष्ठ उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेलले गत केही दिन अघि विपक्षी पार्टी त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका एसडीएफका सक्रिय कार्यकर्ता तथा संस्थापक सदस्यहरू अभिनाश याखा, सीएल गुरुङ, एसबी राई, सोनामडाडुल भोटिया, फुचुङ नाम्खा भोटिया, सोनाम पाल्जर भोटिया, रूबेन सुब्बा, डीबी गुरुङ र डेन्नी भोटियाको घरमा झण्डोत्वलन गरे।
यस अवसरमा पार्टीका प्रचार-प्रसार मुख्य संयोजक एवं मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, पार्टीका समष्टि अध्यक्ष तथा अन्यहरूको उपस्थिति रहेको थियो। गत “रोतु दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा विपक्षी एसडीएफ पार्टीबाट एसकेएममा सामेल भएका उपरोक्त सदस्यहरूको घरमा झण्डा फहराउने कार्य गरियो भने मन्त्री खरेलको प्रमुख आतिथ्यमा एक समन्वय सभा पनि सम्पन्न गरियो।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा चलिरहेको एसकेएम पार्टीमा पुरानो र नयाँ सदस्य भन्ने कुनै भेदभाव नरहेको दावी गरे। विपक्षी पार्टीबाट आएर एसकेएममा सामेल भएको नयाँ सदस्यहरूलाई राङगाङ याङगाङका जनताले गरेको सत्कार प्रशंसनीय रहेको र उनीहरू कसैले पनि नयाँ सदस्यलाई अस्वीकार नगरेको जनाए। उनले आउँदो २०२४ मा सम्पन्न हुने चुनाउमा गङ्गागाङ्ग समष्टिबाट भारी मतले एसकेएम पार्टीलाई जिताउनु पर्ने र यस समष्टिमा विकासको मूल फुटाउनमा सबैले सहयोग गर्न आग्रह गरे।
कार्यक्रमका मुख्य अतिथि एवं मन्त्री खरेलले एसकेएम पार्टीमा नयाँ र पुरानो पार्टी कार्यकर्ता भन्ने हुँदैन, घरमा नयाँ सन्तानको आगमनमा सबैले खुशी व्यक्त गर्नुपर्ने सुझाउ राखे। पूर्व सरकारले गाउँ र समाजमा सेवा गर्न राजनीतिमा आउनेहरुलाई कहिल्यै अघाडि बढ्न नदिएको आरोप लगाउँदै वर्तमान सरकारले समाजसेवाका लागि अघि आउनेहरुलाई अवसर प्रदान गरेको मन्तव्य गरे । उनसे वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले ३५ वर्ष सिक्किमको सत्तामा रहेर जनताको सेवा गर्ने ठोकुवा गरे। विपक्षी एसडीएफ पार्टीका नाइके एवं पूर्व मुख्यमन्त्री पवन चामलिङले केही दिन अघि आफू माथि हुँदै नभएको झुटो र हाँस्यस्पद आरोप लगाएको उल्लेख गर्दै आफूले उनलाई सत्य तथ्य सार्वजनिक गर्न अल्टिमेटम दिएको, तर दुई दिनसम्म पनि कुनै सत्य तथ्य सार्वजनिक गर्न नसकेको जनाए। यदि चामलिङले सत्य सार्वजनिक गर्न सके आफूले विधायकको पदबाट राजीनामा दिन्छु भन्दै खुल्ला चुनौती दिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङको जनता भेटघाट कार्यक्रममाथि बोल्दै मुखामन्ती १८ घण्टासम्म जनता भेट गर्ने र जनताको गुनासो सुनवाइ गर्ने पहिलो नेता रहेको दावी गरे। कार्यक्रमलाई अविनामा याखा, सीएत गुरुङ र सन बहादुर राईले पनि सम्बोधन गर्दै आफूहरु एसडीएफ पार्टीमा हुँदा सहनुपरेका विभिन्न तीतो अनुभव पनि साझा गरेका थिए।









