गान्तोकः परालको खुट्टा जस्तो राजनीति बोकेर सोनाम लामामाथि गर्जिनु भन्दा पहिला पवन चामलिङले विगतको आफ्नो ऐना पूछेर हेर्नु पर्छ। विगत २००९ साल पछिका भाषण जनताले सुनेका छन्। सत्ता बाहिर भएपछि टाट पल्टेको राजनीति गरिरहेका पवन चामलिङ आज बाहिर र भित्रका कुरा गर्छन्। तिनै बाहिरका तत्वहरूको रगरगीमा सोझा सिक्किमेले पच्चीस साल कसरी बिताएका थिए, त्यो मखमलमा सुतेका पवन चामलिङलाई थाहा भएर पनि बुझ पचाउने प्रयत्न गरिरहेछन्।’
प्रवक्ता शर्माले प्रेस विज्ञप्तिमा भनेका छन्, आफुले एसकेएम पार्टी अध्यक्ष तथा वर्तमान मुख्यमन्त्रीलाई विगत र वर्तमानमा पनि अनेको घिनलाग्दा शब्दले बद्राम गर्ने काम गरिने रहेछन्। अचाइदा र अप्रमाणित कुरा उठाएर मुख्यमन्त्री लगायत मन्त्रीद्वय कुरा निमा लेप्चा र सोनाम लामामाथि जुन अप्रासंगिक कुरो उब्ज्याएर चिच्याउने काम गरे त्यसके जवाब हो मन्त्री लामाको भाषण मन्त्री सोनाम लामाले केवल जवाब मात्र दिएका छन्। पच्चीस वर्ष राज्यको बागडोर सम्हालेका पवन चामलिङले भने जस्तो भाषामा गाली गर्दा हुने र अरुले त्यसैको जवाब दिँदा भने नाक दुखे यो कस्तो मानशीकता हो?
उनले अझ भनेका छन्, अरुलाई दोष्याएर आफु बेसनको लड्डु हुन खोजेको पवन चामलिङले मन्त्री सोनाम तामाले आफ्नो अडान स्पष्ट गरेका छन् कि, लगाइएको आरोप माथि पवन चामलिङले प्रमाणित गरे आफ्नो पद या पनि तयार रहेका छन्। तर आरोप मात्र लगाएर सत्ता चढ्न खोजे चामलिङले किन प्रमाणित गर्न सक्दैनन अरुलाई हानेको तीरको चोट आफुले पनि धाने साहस पवन चामलिङले पनि राख्न सक्नु पर्छ।”









