सिलगढी: आठौं आइ एस के एफ राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ समपन्न भएको छ। यो च्याम्पियनशीप गत् ७ र ८ जनवरीको दिन तराई विद्यालय सिलगढीमा समपन्न भएको थियो। दार्जिलिङ गोर्खा कराते डु एसोसिएसनको तर्फबाट यसमा भाग लिन धेरै खेलाडीहरु गएका थिए।यस प्रतियोगितामा ४ वटा स्वर्ण पदक, १४ वटा कास्य पदक र १४ वटा रजत पदक प्राप्त भएको छ। स्वर्ण पदक प्राप्त गर्न सफल भएका खेलाडीहरु क्रमैले इशा गुरुङ (एसयुएमआइ) ,प्रतिक्षा राई (गल्स हायर सेकेन्डरी स्कुल) , आभा गुप्ता (सन्त जोसेफ कन्भेन्ट), तेन्जिङ ढोडेन डुक्पा (सप्तश्री ज्ञानपिठ) रहेका छन्।यसैगरी १४ जना रजत पदक र १४ वटा कास्य पदक विजेताहरुलाई सिहान सुशन थापा (ब्लेक बेल्ट ५ दान)ले बधाई र शुभकामना व्यक्त गरेका छन्।यस प्रतियोगितामा सेन्सी सुजाता राई र सेन्सी रमेश खड्काले रेफ्री र जजको रुपमा उपस्थित थिए।










