हाम्रो मागलाई अनदेखा गर्छ भने पहाडको स्थिति अर्कै भएर जानेछ: विक्रमादि राई

दार्जीलिङ: ‘सरकारलाई गाली गर्न अघि युवा जमातले नेताहरूलाई ठीक मार्गमा छ कि छैन त्यो जाँच गर्नसक्नु पर्छ’, गोर्खा स्वाभिमानको सभामा हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले यसो भनेका हुन्l कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विक्रमादि राईले भने, ‘पहाडका नेताहरू अर्काको गोजीमा पस्नको निम्ति महौल तयार गर्दै आएका छन्l मैले २०१६,२०१७ मा नै उत्तर बङ्गाल राज्यबारे अनुभाव गरेको थिएँl सरकारको योजनामा उत्तर राज्य निर्माणलाई समावेश गरिएको छ भने त्यसमा हामीलाई भन्नु केही छैनl राष्ट्र सुरक्षालाई लिएर केन्द्र सरकारले कुनै पनि निर्णय लिन्छ भने स्वीकार्य छ, तर हामी यो मंचबाट संदेश दिन चाहान्छौ अर्काको गोजीमा पस्ने काम नगर, आफ्नो मुद्दामाथि के गर्न सक्छौ त्यो दिशामा काम गरl’ उनले अझ भने, ‘भोलिको दिन साँच्चै नै उतर राज्य गठन भएको खण्डमा गोर्खाहरूको अवस्था के हुन्छ? यस विषयमाथि युवा जमातले सरकारलाई प्रश्न तेर्साउन सक्नुपर्छ। पहाडका नेताहरूले २०२४ र २०२६ को तयार गर्न शुरू गर्दैछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement