अन्तर निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनल शुक्रवार

नाम्ची: भोलि (शुक्रवार) जोरथाङ खेल मैदानमा चलिरहेको माघे संक्रान्ति अन्तर निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल सम्पन्न हुनेछ। आज खेलिएका खेलहरूमा पोकलोक कामराङ र स्यारी निर्वाचन क्षेत्र विजय बनेका छन्। आज पहिलो खेल पोकलोक कामरामङ निर्वाचन क्षेत्र र अप्पर तादोङ निर्वाचन क्षेत्रबीच सम्पन्न भयो। निर्धारित समयसम्म दुवै दलले एकअर्का विरूद्ध गोल गर्न सकेनन्। यसपछि, टाई ब्रेकरको माध्यमद्वारा विजेता दल चयन गरियो। जसमा पोकलोक कामराङले प्रतिद्वन्दी दललाई ४-१ गोलले पराजित गर्यो।
दोस्रो खेल स्यारी निर्वाचन क्षेत्र र मल्ली निर्वाचन क्षेत्रबीच सम्पन्न भएको थियो भने स्यारीले प्रतिद्वन्दी दललाई ०-१ गोलले पराजित गर्यो।
भोलि पहिलो सेमिफाइनल खेल सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नामथाङ रातेपानी निर्वाचन क्षेत्र तथा दोस्रो सेमिफाइनल खेल स्यारी निर्वाचन क्षेत्र र पोकलोक काममङ निर्वाचन क्षेत्रबीच सम्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement