गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङसँग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा खाद्य, उपभोक्ता मामिला एवं जन वितरण सम्बन्धी संसदीय स्थायी समितिको शिष्टमण्डलले बुधवार भेट गयो। शिष्टमण्डलको अगुवाई समितिकी अध्यक्ष लकेट च्याटर्जीले गरेकी थिइन्। यस भेट अवधि सिक्किमका मानिसहरूको सहजीकरणका लागि समितिका मुख्य उपलब्धीहरू, भविष्यका सम्भावनाहरू, भूमिका र जिम्मेवारीहरूमाथि छलफल गरे।

मुख्यमन्त्री सबै सांसदहरूलाई न्यानो स्वागत जनाउँदै सिक्किम भ्रमणको निम्ति कृतज्ञता व्यक्त गरे। उल्लेखनीय छ, खाद्य, उपभोक्ता मामिला एवं जन वितरण सम्बन्धी संसदीय स्थायी समिति तीन दिवसीय सिक्किम भ्रमणमा रहेको छ।










