पाकिम: पाकिम जिल्ला अन्तर्गत सेन्ट जेबियर्स स्कूलको खेल मैदानमा आज स्वामी विवेकानन्दको जन्म जयन्तीको अवसरमा राष्ट्रयी युवा दिवस पालन गरियो। पाकिम जिल्ला खेलकूद एवं युवा मामिला विभागको पहलमा आयोजित कार्यक्रमको मुख्य देशका युवाहरूलाई जीवनका लगभग सबै सामाजिक-सांस्कृतिक पक्षहरूलाई समेट्ने विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रयासमा जोडिनु रहेको हो। युवा कलाकारहरूलाई उनीहरूमा भएको कलालाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्नु हो।

यो सँगै कलाकारहरूसँग अन्तरक्रिया गराउनु र विभिन्न विषयका विशेषज्ञहरूबाट कला नयाँ फर्महरू सिक्नु रहेको थियो। यस अवसरमा जिल्ला खेलकूद तथा युवा मामिला विभागले स्थानीय क्लबहरुसँगको सहकार्यमा फुटबल र टेबल टेनिस कोचिङको व्यवस्था गरेको जानकारी गराएको छ।










