सिलगढी कमिश्नर वुमेन कपको विजेता फाँसीदेवाको मोती स्पोर्टिङ क्लब

सिलगढी: सिलगढी मेट्रोपोलिटनको तर्फबाट कमिश्नर कप २०२३ को आयोजना गरिएको छ ।यस प्रतियोगितामा मोठ १६ वटा टोलीले अंश ग्रहण गर्यो। गत ७ जनवरीदेखि कमिश्नर कपको शुरूआत भएको थियो भने आज कमिश्नर कप वुमेन टुर्नामेन्टको फाइनल खेल फाँसीदेवाको मोती स्पोर्टिङ क्लब बनाम नक्सलबारीको रथखोला फुटबल एकाडेमीमाझ सम्पन्न भयो। फाँसीदेवाको मोती स्पोर्टिङ क्लबले १-० गोलले रथखोला फुटबल एकाडेमीलाई पराजित गरेर विजयी बन्यो। नर्थ बेङ्गालका आईजी मनोज कुमारले फाँसीदेवाको मोती स्पोर्टिङ क्लबलाई विनर्स कमिश्नर कप वुमेनको ट्रफी प्रदान गरे। अर्कोतिर, मेट्रोपोलिटनको तर्फबाट विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने ३ वटा फुटबल टोलीका खेलाडीहरूलाई साइकल प्रदान गरियो। यसको साथै बेस्ट गोलकिपर, टुर्नामेन्टमा सबैभन्दा अधिक गोल, वुमेन अफ द म्याच र टुर्नामेन्ट अफ द वुमेनलाई एलईडी टीभी प्रदान गरियो। आजको प्रतियोगितामा आईजी मनोज कुमार, पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, डीआईजी दार्जिलिङ लगायत अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement