कालचिनीः बिहीबार बिहान प्रायः ९ बजी अलिपुरद्वार पुटिमारी क्षेत्रको ३१ नम्बर राष्ट्रिय राजमार्गमा एउटा ट्रेलरसित भोटाङ नम्बरको एउटा बोलेरोको मुखामुखी ठक्करमा भोटाङ नम्बरको वाहनमा सवार एकजना महिलाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीनजनालाई गम्भीर घाईते अवस्थामा अलिपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरीएको घटना प्रकासमा आएको छ।
प्राप्त जानकारीअनुसार भोटाङ वाहनमा सवार यात्रीहरू सबै गम्टु भोटाङबाट असम भएर लाङलाङ भोटाङतर्फ प्रस्थान भइरहेको समय अलिपुरद्वार संलग्न ३१ नम्बर राष्ट्रिय राजमार्गको पुटिमारी क्षेत्रमा आईपुग्दा असमगामी एउटा तिव्र रफ्तारमा गुड़िरहेको ट्रेलरसित ठोक्किन पुग्दा वाहन क्षतिग्रस्त हुनको साथै वाहनमा सवार चारजना भोटाङे नागरिकहरू गम्भीर घाईते बनेको थियो।
पुलिस अनि अस्पताल सुत्रबाट प्राप्त जानकारीअनुसार लाङलाङ भोटाङ निवासी चारजना सवारमध्ये एकजना महिला जाङचु ल्हामु उमेर ७७ को मृत्यु भएको र अन्य तीनजना सुमन ल्हामो ३६, नाम्गे ल्हामो १८ र वाहन चालक नाम्गे दोर्जीको उपचार चलिरहेको छ।










