विवेकानन्द जयन्तीको उपलक्ष्यमा न्यानो कपड़ा र कम्बल वितरण


कालचिनीः आज स्वामी विवेकानन्दको १५९औँ जन्म जयन्ती सर्वत्र पालन गर्ने क्रममा कालचिनी खण्डको मधु चियाबारीमा स्थानीय यङग ब्वाइज क्लब र कोचबिहारको एउटा सामाजिक संस्था शिशु किशोरको संयुक्त पहलमा प्रायः २५० जति केटा केटीहरू एवम् वृद्धाहरूलाई न्यानो लता कपड़ा साथै कम्बल वितरण गरिएको क्लबका सदस्यहरूले जनाएका छन्। आज प्रथमत स्वामी विवेकानन्दको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन पश्चात विवेकानन्दको जीवनीबारे चर्चा पश्चात आवस्यकमन्द बासिन्दाहरूलाई लता कपड़ा साथै कम्बल वितरण गरीएको थियो।
आज यसै क्रममा गैर सरकारी सङ्गठन बाई बिसाइड यू सामाजिक कल्याण संस्थाको पक्षबाट कालचिनी ब्लक र अलिपुरद्वार एक नम्बर ब्लकका प्रायः १५ जना आवस्यकमन्द स्कूले नानीहरूलाई पढ़ाई लेखाईको सम्पूर्ण शीरोभार संस्थाले लिएको संस्थाका सदस्यहरूले जनाएका छन्। यसैगरी नै आज कालचिनी चौपतिदेखि कालचिनी थाना, बीडीओ कार्यालय, तृणमूल औ भाजपा कार्यालय आदि विभिन्न ठाउँहरूमा स्वामी विवेकानन्दको तस्वीरमा माल्यार्पण गर्दै विवेकानन्द जयन्ती पालन गरीएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement