तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः युनाइटेड एफसी दार्जीलिङ फाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा युनाइटेड एफसी दार्जीलिङले फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले दार्जीलिङ पुलिसलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापा, आशिष राई र गणेश लिम्बुले १-१ गोल गरे। युनाइटेड एफसी दार्जीलिङका गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १५ जनवरीमा खेलिने फाइनलमा युनाइटेड एफसी दार्जीलिङ र लोप्चुको ११ माईल चर्चबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,०० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement