रेलिङ्ग च्याम्पियन्स ट्रफीः मानेभञ्ज्यांग एफसी क्वार्टर फाइनलमा

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा मानेभञ्ज्यांग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार खेलिएको चरम रोमाञ्चक म्याचमा मानेभञ्ज्यांग एफसी-ले सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।विजेता टीमका खेलाड़ी बुस्केटलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement