रंगबुलमा ओपन नक्आउट फूटबलः बलराम स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ीको बलराम स्पोर्टिंग क्लब (बीएसके)-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बिहीवार भएको म्याचमा बीएसके-ले डाबग्रामलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट मार्टिनले २ गोल गरे। यसबाहेक आदर्श तामाङ र अमन थापाले १-१ गोल गरे। यसरी नै डाबग्रामबाट सनातन कर्मकार र रञ्जी शेर्पाले १-१ गोल गरे। आदर्श तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement