रंगबुलमा ओपन नक्आउट फूटबलः बलराम स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ीको बलराम स्पोर्टिंग क्लब (बीएसके)-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बिहीवार भएको म्याचमा बीएसके-ले डाबग्रामलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट मार्टिनले २ गोल गरे। यसबाहेक आदर्श तामाङ र अमन थापाले १-१ गोल गरे। यसरी नै डाबग्रामबाट सनातन कर्मकार र रञ्जी शेर्पाले १-१ गोल गरे। आदर्श तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement