रक्तदान शिविरको आयोजना सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा

सिलगढी: आज २००औं रक्तदान शिविरको आयोजना, रगतको संकट दूर गर्ने उद्देश्य लिएर पीसी जैन:एन्ड सन्सले सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना गर्यो। यो शिविरको आयोजना सिलगढीको मिलनपल्लीमा गरियो भने यस शिविरमा लगभग ४० युनिट रगत संग्रह गरियो। सिलगढी तराई डुवर्स ब्लड ब्याङ्कका चेयरम्यान अनिल गोलले बताए अनुसार संस्थाको तर्फबाट केवल रक्तदान शिविरको मात्र आयोजना नगरेर थेलेसेमियाले पीडित ४५ जनालाई रगत उपलब्ध गराउँदै आइरहेको छ। यदि कुनै थेलेसेमिया रोगीले रगतको संकटसित जुझिरहेको छ भने उक्त संस्थाले सहयोग गर्ने तिनले जनाए। यसको साथै हिमोफिलिया रोगीहरूको साथमा रहने तिनले आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement