आजदेखि सिलगढीको २६ नम्बर वार्डमा वार्ड उत्सव शुरू

सिलगढी: आजदेखि सिलगढी नगरनिगमको २६ नम्बर वार्डमा वार्ड उत्सव मैत्री शुरू भएको छ। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले आज वार्ड उत्सवको उद्घाटन गरे। स्वामी विवेकानन्दको तस्विरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै परेवा तथा बेलुन उडाएर डेपुटी मेयरले वार्ड उत्सवको उद्घाटन गरे। यसपछि एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर वार्डको विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त शोभायात्रामा वार्ड काउन्सिलर सिक्ता दे बसु राय पनि उपस्थित थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement