गायक जितेन लेप्चाकाे सांगीतिक प्रस्तुतिसितै चार दिवसीय कृषि बागवानी मेलाको समापन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको समापन भएको छ। गत ९ जनवरीदेखि शुरु भएको चार दिवसीय कृषि बागवानी मेलाको आज अन्तिम दिन ख्यातिप्राप्त गायक जितेन लेप्चाको सांगीतिक प्रस्तुतिसितै समापन भएको छ। अाजको अन्तिम दिन प्रमुख अतिथिको रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने सभाध्यक्षको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए। अन्तिम दिन म्युजिक तीनधारेको लाइभ प्रस्तुतिसितै जितेन लेप्चाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको अन्तिम दिन तीनधारे महानदी समष्टिभरिको मानिसहरू मेलाको मनोरञ्जन लिनलाई भीड़को साथमा उपस्थित रहेका थिए। गत ९ जनवरीको दिन जीटीए चिफ् अनित थापाले बाघमारा बस्तीमा बनेको स्टील ब्रिजको उदघाटन गरेर शुरु भएको चार दिवसीय कृषि बागवानी मेलाको दोस्रो र तेस्रो दिन स्थानीय कलाकरहरूले प्रस्तुति दिएका थिए भने बागवानी विभाग र सिन्कोना विभागको तर्फबाट कृषकहरूका लागि सुन्तला खेती र च्याऊ खेती विषयमा सचेतना शिविर सम्पन्न गरिएको थियो। अन्तिम दिन सम्पन्न सांगीतिक कार्यक्रममा जितेन लेप्चा लगायत ऋषिका लामा, मोहित भुजेल, तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय लगायत अन्यहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। बाघमारा बस्तीमा सम्पन्न चार दिवसीय कृषि बागवानी मेला को समापन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो समष्टी तीनधारे महानदीको बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको समापन भएको र पूर्ण रूपमा सफल भएको बताएका छन्। उनले चार दिनसम्म चलेको कृषि बागवानी मेलामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले विशेष रूपमा जीटीए चिफ् अनित थापालाई चार दिवसीय कृषि बागवानी मेलाको आयोजनाको लागि धन्यवाद दिएका छन् भने चार दिनसम्म सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन्। उनले चार दिवसीय कृषि बागवानी मेलाको अवसरमा सम्पन्न विभिन्न कार्यक्रमहरूका लागि विभिन्न विभागहरूलाई पनि धन्यवाद दिएका छन्। सभासद नवराज छेत्रीले चार दिवसीय कृषि बागवानी मेलाले स्थानीय कृषकहरूलाई धेरै फाइदा भएको बताउँदै यस्तो प्रकारको कृषि बागवानी मेलाको कारणले स्थानीयहरूलाई धेरै फाइदा हुनुको साथै पर्यटन व्यवसाय र अन्य क्षेत्रमा धेरै फाइदा हुने भएको पनि जनाएका छन्।

आजको कृृषि बागवानी मेलाको समापन कार्यक्रममा मुख्य अतिथिको रूपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति समष्टि सभापति निरा प्रधान, समष्टीको सांगठनिक सचिव सीबी राई, उत्तम छेत्री, बिपन विश्वकर्म, युवा शक्तिको समष्टि सभापति केवल राई, सचिव सञ्जीव मंगर, महकुमा सदस्य अनिल राई, साजन दर्जी लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement