सत्ताबाट हटनेहरूले भाजपाबाट प्ररेणा लिने!

जीटीए सत्ता चैकीमा बस्नेहरूले जीटीएको असफलता लुकाउँन नगरपालिका बोर्ड भत्काउने काम गर्दैछ: प्रकाश गुरूङ

दार्जीलिङ: ‘जीटीएको असफलताहरूलाई लूकाउँने जीटीए सत्ताको चैकीमा बस्नेहरूले दार्जीलिङ नगरपालिकाको बोर्ड भत्काउँने काम गर्दैछ’ यो मनतब्य पूर्व सभासद प्रकाश गुरूङले गरेका हुन्। दार्जीलिङको क्यापिटल हल प्रांगनमा गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यकमलाई सम्बोधन गर्ने क्रममा पूर्व सभासद प्रकाश गुरूङले गोर्खा स्वाभिमान संघर्षको यो मंच दार्जीलिङमा गणतन्त्र हननको विरोध गरेको एक साक्षी भएको छ। हाम्रो युवा भाइ बहिनीहरूले जोशसंग संगै होश पूराए भारतको संविधानलाई आत्मासात गरेर आफ्नो हक र अधिकार मांग्नु पर्छ। यो देशमा हामी अवहेलित छौ, हामी पिडित छौ, यसको प्रतिबाद स्वरूप गोर्खा जातिले यसको विरोध गर्दै आएका हौ तर आजसम्म सही नेतृत्वको अभावमा अनि सही कार्य योजनाहरूको अभावमा हामी विफल बनेका हौ तर यी असफलता माझ हामीले सफलता प्राप्त गर्न पर्छ गुरूङले भने। हामीले पनि गोर्खा एकता कायम रहोस भन्दै आएका छौ अनि आजको परिबेशमा गोर्खा एकताको खाँचो रहेको छ। आयोजित गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा हाम्रो युवा भाइ बहिनीहरूले जे जति कूराहरू राख्ने काम गरेको छ त्यो सय प्रतिशत साँचो छ, जून ब्यक्तिहरूले हाम्रो भाग्य तय गर्छ उनीहरू हाम्रो कहिले भएन, उनीहरू ले हामीलाई जहिले पनि नकार्ने कामहरू गर्दै आई रहेको छ। यो देशभित्र गोर्खाहरूको आफ्नै हक र अधिकार हुन् पर्छ भनेर छुटटै राज्य गोर्खाल्याण्डको आवाज उठाउदै आई रहेका छौ। हामीले धेरै प्रकारको ब्यवस्थाहरूको अनुभाव गरयौ, दागोपाप, जीटीए सवै अनुभाव गरयौ तर यी ब्यवस्थाहरूले गोर्खाहरूलाई कुनै उपलब्धी दिनु सकेनन। यस्ता ब्यवस्थाहरूले गोर्खाहरू लाई कहिले पनि उभो लगाउन सक्दैन भनेर नै हामीले जीटीए ब्यवस्थाको विरोध गरेका हौ गुरूङले भने। जीटीए सत्ताको चैकीमा बस्ने साथीहरूले गलती गर्दैछ, भोली दिनमा तपाईहरूले जीटीए ब्यवस्था छोडेर अधि आउँनु हुन्छ भन्ने विषयमा हामी आशाबादी छौ’ प्रकाश गुरूङले भने। बंगालले हामी गोर्खाहरूलाई कटटाउँन यो जीटीए ब्यवस्था दिएको हो, सरकारले हामी लाई विधान बनाउँने क्षमता भएको ब्यवस्था दिनु पर्छ गृह संचालन भएको क्षमतावान ब्यवस्था दिनु पर्छ तब मात्र हामी चिया बगानको मालिक बन्न सक्छौ हाइटो प्रोजेक्टको मालिक बन्न सक्छौ, रोजगारहरूको सृजना गर्न सक्छौ,यहाँको पयर्टन उद्योगलाई अधि बडाएर लैजान सक्छौ,यहाँको शिक्षा, स्वास्थ्य ब्यवस्थालाई दरिलो बनाएर लैजान सक्छौ नत्र भने तपाई र हाम्रो अवस्था अझ झरेर जानेछ गुरूङले भने। गोर्खाल्याण्ड राज्य प्राप्त गर्न सजिलो छैन तर असम्भाव पनि छैन किन भने यो हाम्रो सम्बैधानिक मांग हो,हामीले हाम्रो मांग आफैले मांग्न पर्छ,हाम्रो लडाई हामी आफै लडन पर्छ, सरकारले युवा जोशलाई हल्का लिने भूल नगरोस। प्रस्तावित गोर्खाल्याण्डको क्षेत्र अति नै सम्बेदनाशील क्षेत्र हो,असम, अरूणचल, सिक्किम बन्यो यी राज्यहरू अर्को सीमाहरूले घेरिएको छ तर प्रस्तावित गोर्खाल्याण्ड को क्षेत्रलाई चारवटा अन्तराष्ट्रीय सीमानाहरूले घेरोको छ, त्यसकारण गोर्खाल्याण्डको विषयमाथि सरकारले राजनीति जाँच गर्ने गलत नगरोस भन्दै यहाँको समस्याको समाधान अविलम्ब गरिनु पर्ने गुरूङले मांग गरयो। भारत विश्व गुरू देश बनोस तर गोर्खाहरूले पनि न्याय पाएको हुन पर्छ, हामीले संविधानभित्रको ब्यवस्था मांगेका छौ। जीटीएमा राल चुहाउँनेहरूले अनि जीटीएलाई स्वर्ग सम्झिनेहरूले पनि बुझन पर्छ,हिजको दिनमा लददखलाई केन्द्र शासित प्रदेश बनाए,सरकारले लददख केन्द्र शासित प्रदेशको विकाश गर्न लाई ८३ हजार करोड रूपियाँ प्रदान गरेको छ। जम्मु काश्मीर केन्द्र शासित प्रदेशलाई १ लाख ३० हजार करोड रूपियाँ प्रदान गरेको छ तर जीटीएमा केवल ५६ करोड मात्र सालमा आउँने गर्छ, यति थोरै पैसाले कहाँ टाल्ने अनि कहाँ विकाश गर्ने भन्दै जीटीए बेकामे ब्यवस्था रहेको गुरूङले बताए।जीटीएको सत्ता चैकीमा बस्ने साथीहरूले जीटीएको असफलतालाई लुकाउँन,जनताको आखाँ छल्नको निम्ति राम्रैसंगले चल्दै गरेको नगरपालिकालाई ढाल्ने काम गरेको छ अनि यो घटना इतिहासको कालो पन्नामा लेखिएको छ।राजनीति दलहरूले पनि बुझन पर्छ, कूनै पनि सत्ता आफुबाट जान्दा अतालिनु हुदैन गुरूङले भने।दार्जीलिङ नगरपालिकाको बोर्ड हाम्रो पार्टीको हातबाट गएको छ तर यसमा तपाईहरू अफसोस नमान्नु होस, तपाईहरूले भारतीय जनता पार्टीबाट प्ररेणा लिनु होस, एक समय भारतीय जनता पार्टीको दुईवटा सांसदहरू मात्र थिए तर आज लोकसभामा ३०३ अनि राज्य सभामा ८५ सांसदहरू रहेको छ। दार्जीलिङ नगरपालिकामा आफ्नै भाइहरूसंग गदर गरेर जीत हासिल गरे भन्दै छाती फूलाउने काम नगर्दा हुन्छ, कोलकतामा बस्ने ब्यक्तिहरूले हामीलाई विभाजन गर्न सफल भएकोमा उनीहरू रमाई रहेका छन। हामीले दार्जीलिङ पहाडलाई एकबद्व बनाउने दिशामा लागि परेका छौ, दार्जीलिङ पहाडको स्थिति दिन प्रति दिन खस्किन्दै जान्दैछ’ प्रकाश गुरूङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement