लिक भएको घरेलु ग्यास वितरण गरिएको आरोप

IMG_20230112_175522.jpg

खरसाङ: खरसाङमा एक इण्डेन घरेलु ग्यास वितरक रोशनीले उचित जाँच नगरी लिक भइरहेको ग्यास उपभोक्तालाई दिएको आरोप सामाजिक कार्यकर्ता गोपाल छेत्रीले लगाएका छन्। खरसाङको वार्ड नम्बर तीनका स्थानीय एक महिलाले रोशनी ग्यास वितरकबाट घरेलु ग्यास ल्याएर घरमा हेर्दा ग्यास लिक भइरहेको भेटिएको र यस्तो लापरवाहीपूर्ण रूपमा ग्यास वितरण गर्नाले ज्यानमालको हानी अथवा कुनै घटना घट्नु सक्ने उक्त महिलाले बताइन्। खरसाङमा घरेलु ग्यास विषय लिएर स्थानीयवासीले यसबाट उपभोक्ताहरूले पाउनु पर्ने सुरक्षा विषयमा ग्यास वितरक, पुलिस प्रशासनप्रति धेरै पल्ट ज्ञापन दिएपनि कुनै ठोस् कदम नचालिएको स्थानीयको भनाई छ भने यस प्रकारले लापरवाही रूपमा घरेलु ग्यास वितरण गर्ने रोशनी ग्यास वितरकले अब उसो ग्यास वितरण गर्नु छोड्नु पर्ने एक भिडियोमार्फत गोपाल छेत्री र स्खनीसहरूले मांग राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement