अलिपुरद्वार: स्वामी विवेकानन्दको १६१औं जन्मजयन्ती अलिपुरद्वार जिल्लाका विभिन्न क्षेत्रमा मनाइयो। कालचिनी चौपाठी क्षेत्रमा रहेको एथलेटिक क्लबले बिहीबार बिहान स्वामी विवेकानन्दको १६१औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। स्वामी विवेकानन्दको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा उपस्थित महानुभावहरूले स्वामीजीको जीवनी र उहाँका आदर्शका बारेमा व्याख्यान गरेका थिए।









