नक्सलबारी: एकजना व्यक्तिलाई सरकारी जमिन दखल गरेको आरोपमा नक्सलबारी थाना पुलिसले पक्राउ गरेको छ।पक्राउ गरेर त्यस व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति नक्सलबारीको बडो भडुजोत निवासी पानिया सिंहको रूपमा चिन्हित गरिएको छ। नक्सलबारी भूमि तथा भूमि राजस्व विभागको अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले नक्सलबारीको बडो झडुजोतबाट पानिया सिंहलाई पक्राउ गरेको बताइएको छ। यसभन्दा अघि पनि उक्त व्यक्तिले नकली कागजपत्र बनाएर जमिन बिक्री गरेको आरोपमा पुलिसले पक्राउ गरेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









