सिलगढी: आज सिलगढीमा स्वामी विवेकानन्दको १६१औं जन्म जयन्ती पालन गरियो। शहरका विभिन्न स्वयंसेवी संगठन, राजनैतिक दल लगायत विभिन्न क्लबको तर्फबाट आज स्वामी विवेकानन्दको जन्म जयन्ती पालन गरियो। यसै क्रममा सिलगढीको १५ नम्बर वार्डको स्वामीजी मोडमा स्वामी विवेकानन्दको पुनःस्थापित सालिगको मेयर गौतम देवले अनावरण गरे। यसको साथै विवेकानन्दको सालिग अघि दीप प्रज्ज्वलन गरेर फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा डेपुटी मेयर तथा १५ नम्बर वार्डका काउन्सिलर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, स्वामीजी क्लबका सदस्यहरू लगायत मठका सन्न्यासीहरू उपस्थित थिए।









